KB · Hymns · #631
एउटा नामको उच्चारण गर्यो यो ओठले
F2/4
Chorus
(एउटा नामको उच्चारण गर्यो यो ओठले
यो धर्तीमा थाहा भो’ स्वर्ग के हो) (२)
Verse
चारैतिर बगी हिँड्ने यो हावा जस्तै हल्का भयो चित्त मेरो,
आकाशबाटै उड़ी जाने यो चरीले चुड़ी लग्यो चित्त मेरो (२)
कुन बोली बोलेर कुन भाका खोलेर बताउ मनमा के भइरहेछ
एक्लो उदास यो मन हेर नाच्यो यस नामले उद्धार भयो
पापीको आज येशू नामले
Verse
प्रशंसाका ध्वनिहरूले उचालौं हृदय स्तुतिका धुनहरूले
गुञ्जिएको धर्तीको गाना आकाशमाथि उठेर बनोस् सबासना (२)
यो छोटो जीवनको छोटो गोरेटोमा जीवित परमेश्वरको गरौँ आराधना