KB · Hymns · #39
आज हाम्रो प्रभु येशू जन्मे बेथलेहेम शहरमा
C4/4
Chorus
आज हाम्रो प्रभु येशू जन्मे बेथलेहेम शहरमा
मुक्ति छ सबलाई उनैमा मात्र गइहेर त्यो ठाउँमा
Verse
परमेश्वरको त्यो कत्रो दया हामीमा हुन गो’
जसको कारण पुत्र येशू (२) गोठैमा जन्म लिनुभो
तन-मन-धन सब भेटी चढ़ाउँदै (२)
उनकै चरणमा आऊँ (२)
Verse
परमेश्वरको त्यो कत्रो दया हामीमा हुन गो’
जयजयकार गाउँदै भेटी चढ़ाउँदै (२)
उनकै चरणमा आऊँ (२)
जन्म लिईकन आए हामीमा (२)
जयजयकार उनकै गाऊँ (२)