KB · Hymns · #667
यो क्रिसमसको दिन
G4/4
Chorus
यो क्रिसमसको दिन, यो खुशीको दिन,
यो आशाको दिन हो, यो उत्सवको दिन,
यो जयध्वनि दिन मानव सबको लागि हो (२)
Verse
मानव भई ईश्वर पुत्र आएको पक्कै हो,
सत्य बाटो मानवलाई देखाको साँच्चै हो,
बाँधेकोलाई फुकाउनलाई येशू आएको हो
तोडेकोलाई जोड़नलाई आएको प्रभु हो ।
Verse
अपार माया दिन प्रभु आएको समय यो
सबले सुनी हृदयमा राखिदेऊ प्रभुलाई
अनन्त जीवन दिन्छन्, तिमीलाई पाप क्षमा पाउनेछै,
आफ्नो बनाउ उनको बन आनन्दित हुनेछौ ।