KB · Hymns · #733
घायल उनी मेरै लागि क्रूसमा
C3/4Translated
Verse
घायल उनी मेरै लागि क्रूसमा घायल मेरै लागि
पापलाई हटाई बचाए मलाई, कारण येशू घायल मेरै लागि ।
Verse
मरे उनी मेरै लागि, क्रूसमा मरे मेरै लागि
उनैको मरणमा पाउँछु मुक्ति, कारण येशू मरे मेरै लागि ।
Verse
बौरे उनी मेरै लागि, कबरबाट बौरे मेरै लागि
मृत्युबाट सदा पाएँ मुक्ति, कारण येशू बौरे मेरै लागि ।
Verse
जिउँछन् उनी मेरै लागि, स्वर्गमा जिउँछन् मेरै लागि
पलपल गर्छन् मेरो लागि विन्ती, धन्य येशू जिउँछन् मेरै लागि ।
Verse
आउँछन् उनी मेरै पागि, संसारमा आउँछन् मेरै लागि
देख्नेछु उहाँलाई खुशी भई, धन्य येशू आउँछन् मेरै लागि ।