KB · Hymns · #14
कुहु कुहु गर्ने वनमा उड़्ने कोइली चरी छन्
G4/4
Chorus
कुहु-कुहु गर्ने, वनमा उड़्ने कोइली चरी छन्
खुलुलुलु गदै खोला बग्ने तपाईंका सृष्टि हुन्
हे ईश्वर, तपाईंका सृष्टि हुन्
Verse
(जकजक गर्ने बत्तीझैँ बल्ने आकाशमा तारा छन्) (२)
(जूनको किरण कति हो नरम) (२) तपाईंका सृष्टि हुन्,
हे ईश्वर, तपाईंका सृष्टि हुन्,
मृगका पाठा के राम्रा गरी वनमा उफ्रेका,
पशु र पक्षी के राम्रा गरी तपाईंले रचेका, हे ईश्वर, तपाईंले रचेका ।
Verse
(वनमा जान्छु, फल-फूल हेर्छु तपाईंलाई सम्झन्छु) (२)
(तपाईंको रचना सम्झेर मनमा) (२) म छक्क पर्दछु, हे ईश्वर, म छक्क पर्दछु,
न्याउली चरी बिलौना गाई वनमा उडेका
पशु र पक्षी के राम्रो गरी तपाईंले रचेका, हे ईश्वर, तपाईंले रचेका ।
Verse
(अब्राहाम, इसहाक, याकूबका ईश्वर, दाता जीवनका) (२)
(पापीका निम्ति अति प्रेम गरी) (२) पुत्र दिए बलिदान,
हे ईश्वर, तपाईं तारणहार
पापी हृदय छट्पट गरी खोज्छ मुक्ति उपाय
मुक्तिको बाटो स्वर्गका वैभव तपाईंले रचेका, हे ईश्वर, तपाईंले रचेका ।