KB · Hymns · #250
आऊ येशू लौ मलाई बचाऊ
D6/8
Chorus
आऊ, येशू, लौ मलाई बचाऊ
पापको यो भारी आँधीमा (२)
Verse
संसारिक सागरको हे बलियो माझी (२)
दुःख-दर्द बुझिहिँड़्ने दुनियाँको लागि,
प्राण दिने, ज्यान दिने परम उपकारी (२)
सच्चा पक्का धर्म ल्याउने अधर्म पखाली
Verse
सुपदेश दिन्थ्यौ, प्रभु, दुनियाँ चहारी (२)
धर्मीलाई धन्य भनी पापीलाई उतारी,
दुःख-सुख साथी सम्झी हाँसू-रोऊँ नभई (२)
क्रूसमाथि चढ़्यौ प्रभु जीवन दिन कठै
Verse
नगरी देऊ ढिलो प्रभु, लौ न छिटो आऊ न (२)
दुष्कर्मको बाढ़ी बग्यो, बगे सबै जन,
नाउ खियाऊ, पारी लैजाऊ, सुन आर्त्तनाद (२)
हे जिन्दगी दाता येशू, राख आफ्नै साथ