KB · Hymns · #656
यो शान्त प्रहर हो
D3/4
Chorus
यो शान्त प्रहर हो, यो शान्त प्रहर हो (२)
धर्ती आकाश जगाइदिने (२) यो शान्त प्रहर हो (२)
Verse
गुराँसझैँ फक्रियोस् हाम्रो शुभ दिन
प्रभुको प्रार्थनामा बितोस् हाम्रो दिन
सारा धर्ती सिँगारी दिने शान्त प्रहर यो) (२)
(सर्वव्यापी फैली हाँस्ने शान्त प्रहर यो) (२)
Verse
अँकुराओस् नयाँ सोच नयाँ बिहानीमा
फुलिरहुन सुन्दर फूल मनको सिरानीमा
अचेतलाई हटाइदिने शान्त प्रहर यो
(अन्धकारलाई च्यातिदिने शान्त प्रहर यो) (२)