KB · Hymns · #660
डोर्याउनुहोस् प्रभु मलाई समाती मेरो हातमा
Em3/4
Chorus
डोर्याउनुहोस् प्रभु मलाई, समाती मेरो हातमा
वात्सल्य प्रेम दिँदै (राख्नुहोस् आफ्नो साथमा) (२)
Verse
निराश भएका क्षणहरूमा विचलित भई मात्तिने म मान्छे (२)
(बलेको बत्तीझैँ भएको यो जीवन) (२)
फुकी मार्न खोज्ने त्यही हुँ म मान्छे
Verse
बाँचिरहेछु तिम्रो दयामा अनुग्रहको भारी पाएको म मान्छे (२)
(तिम्रै कृपाले म शुद्ध भएको) (२)
तिम्रै इच्छामा जिउँने म मान्छे ।