KB · Hymns · #705
हल्लेलूयाह होसन्ना गाउँछौँ
Chorus
हल्लेलूयाह होसन्ना गाउँछौँ, ख्रीष्टको जन्ममा
सुन, धूप, गन्धरसको साटो, महिमा दिन्छौँ मनबाट ।
Verse
अति अचम्मको प्यार, गर्न मानिसको उद्धार
येशू आए यो संसार, अति अचम्मको प्यार ।
Verse
कति उदेकको ईश्वर, मानिस बने सृजनहार
गर्न तिम्रो, मेरो त्राण, ख्रीष्टले दिए क्रूसमा प्राण ।
Verse
पुनःरुत्थानको प्रभु, मेरो जीवन चढ़ाउँछु
बडा-दिनको उपहार, गाउँछु ख्रीष्टको जय-जयकार ।