KB · Choruses · #204
जागृति पठाउनुहोस् हे हाम्रा स्वर्गीय पिता
E4/4
Chorus
जागृति पठाउनुहोस्, हे हाम्रा स्वर्गीय पिता
तपाईंको नाउँ पवित्र होस्, तपाईंको राज्य आओस् (२)
तपाईंको इच्छा जस्तो स्वर्गमा छ, त्यस्तै यस पृथ्वीमा पूरा होस् ।
Verse
म बिहान सबेरै उठ्नेछु, स्तुति-प्रशंसा चढ़ाउनेछु
येशूको नाउँलाई महिमित पार्नेछु,
मरिरहेका आत्माको मुक्ति र उद्धारको लागि
अन्तरबिन्तीको प्रार्थना चढ़ाउनेछु (२)
Verse
म भाले बास्दा उठ्नेछु, स्तुति-प्रशंसा चढ़ाउनेछु,
येशूको नाउँलाई महिमित पार्नेछु,
लाखौँ-लाखौँ मानिसले येशू प्रभुलाई ग्रहण गरी
मुक्ति र उद्धार पाएको म देख्नेछु (२)