KB · Hymns · #312
सम्पूर्ण जीवन मेरो प्रभु तपाईंकै हो
G3/4
Chorus
सम्पूर्ण जीवन मेरो प्रभु तपाईंकै हो
राज गर्नुहोस् सदा तपाईंको पूर्ण होस् इच्छा ।
Verse
महान् प्रभु तपाईंको प्रेम अति गहिरो
सागर भन्दा चौड़ा छ यो, आसमानभन्दा उच्च यो;
निकम्मालाई चुनेर जीवन दान दिनुभयो
इच्छा, आशा, उदेश्य प्रभु तपाईं नै हो मेरो (२)
Verse
दूतगणले गर्थे तपाईंको स्वर्गमा महिमा
मनिसले गरे उनको निरादर र गिन्दा;
स्वर्गमा बस्ने येशू, पिताको दाहिने हात,
मनिसले राखे श्रापित क्रूसमा दुइ चोरको साथ (२)