KB · Hymns · #393
येशूले दिन्छन् स्वर्गको साँचो
G6/8
Chorus
येशूले दिन्छन् स्वर्गको साँचो
संसारको दुःखबीचमा स्वर्ग ल्याइदिने
कलवरी डाँड़ाको क्रूसलाई हेर
त्यसैले खोल्दछ स्वर्गको सानो द्वार
Verse
कठिनाइ देखी निराश नहोऊ संकष्ट देखेर (२)
ती सबै भिन्न साँचाहरू हुन स्वर्गीय हर्षको ।
Verse
संसरको पछि नजाऊ है तिमी भ्रममा परेर (२)
क्रूस बोकी आऊ, येशूले भने सर्वस्व त्यागेर ।
Verse
दुःखमा खुशी, आँसुमा हाँसो येशूले दिनेछन् (२)
प्रकट हुने भावी आनन्द अवर्णनीय छ ।