KB · Hymns · #21
भेड़ी गोठ चर्दा नि चर्दा रात परिगयो
G4/4
Verse
भेड़ी गोठ चर्दा नि चर्दा रात परिगयो
(लौ अब ल्याए गोठैमा गोठालाहरूले) (२)
Verse
आगोका वरि नि परि गोठाला बसे
(आफ्ना नि आफ्ना खोरैमा भेड़ी है सबै पसे) (२)
Verse
सबै ठाउँ अँध्यारो हुँदा उज्यालो भयो
(यो ज्योति केको भन्दै नि गोठाला सबै उठे) (२)
Verse
स्वर्गदूत छेउमा देखि डरले सब कामे
(“नडराऊ, सुन सुसमाचार” भनी है दूतले थामे) (२)
Verse
गाईको गोठैमा सुन बेथलेहेम गाउँमा
(तारणहार प्रभु जन्मिए गई हेर त्यो ठाउँमा) (२)