KB · Hymns · #688
ख्रीष्टको माया बोकी रहुँला
Am4/4
Chorus
ख्रीष्टको माया बोकी रहुँला हृदयमा सज्जाएर (२)
उनको साथ कहिलै नछोड़ी ख्रीष्टमा बाँचौला (२)
Verse
ख्रीष्टले जीवन चढ़ाइदिए गलगथाको माटोमा
ख्रीष्ट येशू मरी दिए तिम्रो हाम्रो साटोमा (२)
नभुलौँ है क्रूसको फेदीलाई हृदयमा सज्जाएर (२)
Verse
ख्रीष्टको दुःखलाई सम्झेर ल्याउदा मन मेरो कल्पिन्छ
उनको प्रेमलाई सम्झेर ल्याउँदा आँखामा आँसु छल्किन्छ (२)
नभुलौँ है क्रूसको फेदीलाई हृदयमा सज्जाएर (२)