KB · Hymns · #334
हे येशू मेरो मन लुकाऊ
G3/4
Verse
हे येशू मेरो मन लुकाऊ त्यस धारामा, त्यस धारामा
र पाप र डर सबै मेटाऊ रगतको धारामा ।
Chorus
रगतको धारामा, प्रभु मलाई लुकाऊ पवित्र बनाऊ
र दिन-दिनै मलाई डुबाऊ रगतको धारामा
Verse
पापीलाई मिल्दछ क्षमा त्यस धारामा, त्यस धारामा
र पाउँदछ स्वतन्त्रता रगतको धारामा
Verse
अब भर आफैले मलाई त्यस धारामा, त्यस धारामा
मलाई पनि पवित्र बनाई रगतको धारामा ।
Verse
पवित्र आत्मा दिन-दिनै त्यस धारामा, त्यस धारामा
मलाई प्रभु देखाउँदछन् रगतको धारामा ।