प्रभुज्यू म त अयोग्य मान्छे
E3/4
Chorus
प्रभुज्यू म त अयोग्य मान्छे, म बाट महिमा कहाँ हुन्छ र ?
Verse
भूल अपराध पापको कारण बरब्बा झैं बन्धनमा थिएँ
मुक्त गरायौ रगतको दाम तिरेर
“हे पिता क्षमा रहोस्” भनी मलाई क्षमा दियौ बाँकी नराखी
सर्वस्व दियौ अयोग्य मानिसले के दिऊँ तिमीलाई ?
Verse
काँडा रूपी मेरो जीवनका जटिल समस्याहरू
आफ्नै शिरको मुकुट बनाई पहिरियौ
मलाईचाहिँ करुणा र कृपाले आभषित गर्यौ उपकार र प्रेमणा,
उत्साह ममा भो यस जाबो मानिसलाई प्रेम किन यस्तो ?