KB · Choruses · #96
यी दिन हुन् एलियाको झैँ
A2/4
Verse
यी दिन हुन् एलियाको झैँ वचन प्रचार गर्ने
यी दिन हुन् प्रभुको दास मोशाको झैँ धार्मिकता स्थापित गर्ने ।
यस्तै यी दिन हुन् ठूलो परीक्षा, अनिकाल, लड़ाइँका
हामी हौँ उजाड़-स्थानमा कराउने स्वर प्रभुको बाटो बनाऊ ।
Chorus
हेर उनी आउँछन् बादलमा, सूर्यझैँ चम्कँदै तुरहीको आवाजमा
चर्को गरी कराऊ छुटकाराको वर्ष, सियोनबाट अझै आउँछ उद्धार ।
Verse
यी दिन हुन् इजकिएलका झैँ, सुख्खा हड्डी शरीर बन्ने
यी दिन हुन् प्रभुका दास दाऊदको झैँ, प्रशंसा गर्ने, मन्दिर बन्ने ।
अनि यी दिन हुन् कटनीको संसारका खेतहरू
हामी हौँ प्रभुका खेतका खेताला वचन घोषणा गर्ने ।
Chorus
(२)
यह्वेझैँ छैन ईश्वर ....... ।