KB · Hymns · #240
अवतार भयो प्रभु येशूको उनको होस् जय
D6/8
Chorus
अवतार भयो प्रभु येशूको उनको होस् जय
Verse
सारा जगत्को हुन मुक्तिदाता (२), बाटो, सच्चाइँ र
जीवनको दाता आउनुभो’ प्रभु (२) हाम्रो निम्तिमा ।
Verse
पापमय जीवन हाम्रो डुबेको (२) देखाउन आउनुभो’
प्रेम ईश्वरको आउनुभो’ येशू (२) शान्ति लिएर ।
Verse
उहाँको लागि हृदय खोलिदेऊ (२) फिक्रीको जीवन
उनलाई लिन देऊ, नवीन जीवन लिई (२) जाऊ रमाउँदै ।