KB · Hymns · #185
जो विश्वास गर्छ बप्तिस्मा लिन्छ त्यो उद्धार पाउनेछ
G3/4Translated
Verse
जो विश्वास गर्छ, बप्तिस्मा लिन्छ त्यो उद्धार पाउनेछ
ख्रीष्टको मृत्युमा लिई बप्तिस्मा नयाँ सृष्टि हुन्छ
ख्रीष्ट येशूद्वारा पाई छुट्कारा पुग्नेछ स्वर्गमा
जहाँ निष्पापी मण्डली प्रतापीसँग हुन्छ खड़ा ।
Verse
एक मनका भई बिन्ती चढ़ाई आयौँ, हे परमेश्वर
दयाको साथमा पवित्र आत्मा दिनुहोस् महान् वर
येशूको मरण सद्गुण सम्झेर पाप क्षमादान दिनोस्
अनन्त जीवन पाऔँ भनेर उन्नति दैनिक होस् ।