प्रतिध्वनि होइन वचन सनातनको
G5/4
Verse
प्रतिध्वनि होइन, वचन सनातनको
गर्जन पनि होइन संगीत गुञ्जिएको
सूर्य लुकिगए फुलै ओइलिझर्छ
प्रभु ख्रीष्टको प्रेम त्यो सदा अमर हुन्छ ।
Verse
आदिमा वचन थियो, ईश्वरको साथ थियो
वचन ईश्वर नै थियो, देह लिई आउनुभो’
मुकुट छाड़ी स्वर्गको ओर्लिआउनुभो’ जगत्मा
कस्तो मुकुट काँड़ाको पहिरिनुभो’ शिरमा ।
Verse
क्रूसको कथा त्यो नयाँ जीवन दिने
खोलो त्यो रगतको मुक्ति किनिदिने
विश्वासैमा येशूसाथ क्रूसमा टाँगिदिए
बचाइदिन्छौँ नौलो प्राण ख्रीष्टलाई अर्पिदिए ।
Verse
दिइएको वचन त्यो, फेरि आउँछु भन्ने
सज्जिएकी दुलहीलाई उठाइलान्छु भन्ने
उनी फेरि आउँछन्, प्रतिध्वनि होइन
साँचिएको आशा त्यो निराशा हुने होइन ।