KB · Hymns · #289
हौ शान्त हे प्राण
C4/4
Verse
हौ शान्त, हे प्राण, तँतिर प्रभु छन्
दुःख शोकको आफ्नो क्रूससँग धीरज बोक,
सब बन्दोबस्त ईश्वरलाई छोड़ी जा
सब गतमा हुन्छन् उनी पत्याउन योग्य,
हौ शान्त, हे प्राण, छन् तेरो स्वर्गीय नाथ
सुख लोकमा लिई हिँड़ाउने काँढ़े मार्ग ।
Verse
है शान्त, हे प्राण, ईश्वरको छ स्वीकार
गुहार आउनेछ गए दिनमा झैँ,
न आश, न भरोसा कैल्यै पनि छोड़्
जो ऐले भेद पछाड़ि प्रकटै,
हौ शान्त हे प्राण, छन् मान्ने छाल, बतास
उनलाई जसबाट तैँले गर्छस् आश ।