KB · Hymns · #648
अनौठो यो संसारमा ख्रीष्ट येशूलाई पाए मैले
G6/8
Chorus
अनौठो यो संसारमा ख्रीष्ट येशूलाई पाए मैले (२)
(छोटो जीवनको गोरेटोमा) (२)
Verse
अघि अघि येशू हिँड़े पछि पछि म हिँड़्न लागेँ (२)
जीवनको गोरेटोमा ख्रीष्टले मलाई अँगालेर (२)
Verse
क्षितिज माथि आकाशमा उड़्छ मन बेगमारी (२)
मुक्तिदाता पाए मैले यो मन दिएँ भेटी सरी (२)
Verse
आशा मिल्यो ख्रीष्ट येशूमा रम्न थाल्यो मन मेरो (२)
सत्य वचन अँगालेर हिँड़्न लागेँ ख्रीष्टको बाटो (२)