KB · Hymns · #709
हेरन हेर बादलमाथि
Chorus
हेरन, हेर बादलमाथि ख्रीष्ट आउने बेला भो’,
(सन्तगण तुरही हातमा उठाई फुक्नलाई तयार भो’) (२)
Verse
सन्तगण बराँत दुलाहा येशू लिएर आउनेछन्
सुसज्जित दुलही आत्माले भरपूर येशूसाथ जानेछन्
नामधारी इसाई लापरवाहीसित पापमा खेल्दछन्
ख्रीष्ट फेरि आउँदा सतावट-बीचमा ती सबै छोड़िनेछन् ।
Verse
यसकारण ख्रीष्टीय दाजु-भाइ बहिनी, पाप परित्याग गर
मूर्तिलाई फाली मनलाई माझी बेतेलमा वास गर
तब पो मित्र, हुनेछौ विजयी, ख्रीष्ट केन्द्रित भएर,
सिद्ध मिलनको गीत गाइरहनेछौ, महिमित भएर ।