मन मेरो लिनुहवस् येशू तपाईंले यसलाई बनाउनुभो
G4/4
Chorus
मन मेरो लिनुहवस्, येशू तपाईंले यसलाई बनाउनुभो’
यसमा तपाईं आफ्नो घर बनाउनोस्, जसको लागि यो बनाउनुभो’
Verse
दुनियाँको सब कुरा निकाल्नोस्, यसलाई शुद्ध पवित्र गर्नुहोस्
अशुद्ध मैलो पापलाई धोईकन त्यो रगतले जो बहाउनुभो’ ।
Verse
जन पढ़्दछु पवित्र वचन जसको बाटो छ सच्चाइँको
बाटो सत्य जीवन देखाईकन विश्वास अनि आशा बढ़ाउनुभो’ ।
Verse
धेरै साल तपाईंदेखि थिएँ दूर, लापरवाहीले नै गरे दूर
अनुग्रह, प्रेम, दयाको वरदानले धीरज धरी मलाई देखाउनुभो’ ।
Verse
आत्मा शुद्ध होस् धोईकन पवित्र आत्माको बप्तिस्माले
हर समय, हर जग्गा साक्षी दिऊँ, जस्तो तपाईंले नै सिकाउनुभो’ ।