KB · Hymns · #427
म पापको बाटो छोड़्दछु
G74/4
Verse
म पापको बाटो छोड़्दछु, जहाँ धेरै मान्छे मर्दछन्
स्वर्गको घरलाई खोज्दछु, यहाँ बस्ने मेरो छैन मन ।
Chorus
यो दुनियाँ मेरो घर होइन, साँच्चै यो मेरो घर होइन
यस दुनियाँमा आराम छैन, यो दुनियाँ मेरो घर होइन
Verse
मान्छेले रोक्न खोज्दछन्, न प्रार्थना गर्न दिँदछन्
तिनका बातलाई सुन्दिनँ म, स्वर्गको घरलाई खोज्छु म ।
Verse
मसँग पापीहरू आऊ, स्वर्ग देशमा हामीहरू जाऔँ
र बस्न अब छिट्टै आऊ, स्वर्गको घरलाई खोज्न जाऔँ ।