KB · Hymns · #88
संसारको चउरमा, चारतिर हेर्दा
G4/4
Verse
संसारको चउरमा, चारतिर हेर्दा,
पापैको रासै-रास, लौ है बिचारूँ ।
Verse
शैतानले डाक्छ, शरीरले खिँच्छ,
पापैको जीत-बाजी, लौ है बिचारूँ ।
Verse
पापको फल खायौँ निराशै भयौँ,
आत्माको सर्वनाश, लौ है बिचारूँ ।
Verse
आत्माको कुगत पिताले हेरी,
पुत्र पो दिए दान, लौ है बिचारूँ ।
Verse
पाप हाम्रो लिई येशू नै मरे,
रगतले किनियौँ, लौ है बिचारूँ ।
Verse
तीन दिन बिते, ती बौरी उठे
बचाए आत्मालाई, लौ है बिचारूँ ।
Verse
येशूको गुण हामीले पायौँ,
आत्मा पठाए दान, लौ है बिचारूँ ।
Verse
पवित्र आत्मा सबैले लेऊ,
उहाँको जयजय गाऔँ, लौ है बिचारूँ ।