KB · Hymns · #285
मैले येशू मित्र पाएँ जो मेरो सब थोक हो
D4/4
Verse
मैले येशू मित्र पाएँ जो मेरो सब थोक हो,
मेरो आत्माको लागि के उत्तम वर
त्यो सुन्दर फूल बाटोको, बिहानको त्यो तारा
मलाई शुद्ध चङ्गा पार्ने उत्तम वर,
अफसोसमा मेरो हर्ष, दुःखमा मेरो आशा
भन्छन् उनले सोच-फिक्री नगर ।
Chorus
त्यो सुन्दर फूल बाटोको, बिहानको त्यो तारा
कति उत्तम त्यो वर मेरो आत्माको
Verse
उनले मेरो दुःख सब लिए, सबै अफसोस पनि
परीक्षामा मेरो छ गढ़ बलियो,
सब उनको लागि बिर्सें, मेरो हृदयदेखि
उनको सँगमा बस्नलाई मलाई सिए,
संसारले मलाई छोड़्दा, शैतानले दुःख दिँदा
ख्रीष्ट प्रभु हुन्छन् साथमा, शोक नगर ।
Verse
मलाई छोड़्ने छैनन् कैले, न भुल्नेछन् मलाई
विश्वासमा बसी मान्नेछु उनैलाई,
अग्निको देवलभित्र, केही मलाई डर छैन
मन्न दिन्छन् भोकाएको आत्मालाई,
मुकुटले पहिर्याउँदा, दर्शन म गर्नेछु
बग्दछ जहाँ नदी आनन्दको ।