KB · Hymns · #657
अनन्तको राज्यमा जानको लागि
Am3/4
Chorus
अनन्तको राज्यमा जानको लागि,
ईश्वरीय शक्ति पाउनको लागि भक्तिसाथ जीवन जिउनको लागि,
विश्वासमा विजय बन्नको लागि (प्रार्थनामा लागी रहौँ) (४)
Verse
(शैतनले अवश्य बाधा नै ल्याउँछ,
दुःख र कष्टको हुरी चलाइँछ) (२)
कमजोर विश्वासको मुटु हल्लाउँछ,
(त्यसैले म भन्छु, प्रार्थनामा लागी रहौँ) (२)
Verse
(गर्जने सिंहझैँ तर्साउन आउँछ,
घमण्ड र स्वार्थ मनमा ल्याइदिन्छ) (२)
विश्वासको जीवनमा, शंका ल्याइदिन्छ
(त्यसैले म भन्छु, प्रार्थनामा लागी रहौँ) (२)
Verse
(लोभ र लालचामा फँसाइ छोड़्छ,
संसारको पापमा डुबाइ दिन्छ) (२)
विश्वासबाट पछि हटाउँछ,
(त्यसैले म भन्छु, प्रार्थनामा लागी रहौँ) (२)