पवित्र आत्माको मन्दिरलाई अब यसै हेला नगर
G4/4
Chorus
पवित्र आत्माको मन्दिरलाई अब यसै हेला नगर (२)
Verse
तिमीमा भएको शरीर पवित्र आत्माको मन्दिर हो (२)
त्यसैले शरीरमा हुँदै ईश्वरलाई महिमा गरिदेऊ (२)
Verse
मुक्तिदाता ख्रीष्टको रगतले आज तिमी किनिएका है (२)
यो शरीर तिम्रो होइन यो त केवल ईश्वरको मन्दिर हो (२)
Verse
निराशाको आँधिमा नहिँड़ अन्धकारले छोपी लैजाला (२)
येशूमा विश्वास गरिदेऊ नत्र जीवन व्यर्थैमा गुमाउला (२)