KB · Hymns · #467
अर्पण गर्दछौँ यो भवनलाई
G4/4
Verse
अर्पण गर्दछौँ यो भवनलाई प्रभु ईश्वरलाई, त्राणकर्ता येशूलाई
आराधना स्तुति बिन्ती र पुकार, गर्छौं यहाँ अब अन्तरध्यान
Chorus
सुनिदिनोस् पुकार यो हाम्रो, प्रभु, लिनुहोस् भवन यो (२)
Verse
भोका-प्यास हृदय, स्वर्गीय भोजनको बन्धन डोरी पापैको
चरण यहाँ तपाईंको उपदेशक तपाईंको दासद्वारा दिनुहोस् भोजन आत्माको
Verse
भजनादि स्तुति, अर्जबिन्ती यहाँ चढ़ाइन्छन् जब तपाईंकहाँ सुनिदिनोस् ख्रीष्ट येशूमा
विनय उत्तर पाओस् मन शान्ति रहोस्, येशू नाउँ सदा महिमित होस्
Verse
प्रतिरुप हो यो मन मन्दिरको कारीगरी यो मानिएको प्रभु, निर्जीव भवन यो,
तै मर्जी होओस्, प्रभु, आई बसी सुनौँला मधुरवाणी तपाईंको
Verse
नित्य-नित्य बलोस् चम्की नै रहोस् प्रकाशित होओस् येशू, सद्भावना यो छ जहाँ
भरपूर जीवन तयारी सदा पार्नुहोस्, आउँछ जो यहाँ सदा