KB · Hymns · #76
ख्रीष्ट मेरो मुक्तिदाता हुन्
G6/8
Chorus
ख्रीष्ट मेरो मुक्तिदाता हुन्, उनी हुन् मित्र पापीको
सदा स्तुति होस् प्रभुको आदर महिमा उनैको ।
Verse
येशू संसारको ज्योति हुन्, येशू स्वर्गको बाटो हुन्
येशू तारणहार हुन्, पापीको केवल सहारा हुन् (२)
Verse
त्यागे येशूले स्वर्ग-सुख, उठाउन पापीहरूका दु:ख
दिए येशूले क्रूसमा प्राण गराउन पापीहरूको त्राण (२)