KB · Hymns · #136
स्वर्गीय महिमामा
A4/4
Chorus
स्वर्गीय महिमामा, चम्किलो वस्त्रमा
प्रभु आउनेछ्न संसारमा बादलको सवारीमा (२)
Verse
अन्तको चिह्न देख्नेछौ, प्रभुको आगमनमा,
दुःख, लड़ाइँ, अनिकाल हुनेछन् संसारमा
पाप, दुःख ज्यादा बढ़्नेछन् सारा विश्वभरमा,
निश्चय नै प्रभु आउनेछन् तुरहीको स्वरमा ।
Verse
माताको गर्भबाट नै मानिस पापमा जन्मन्छन्,
दुष्ट, छली, पापी हृदय भएका सबै हुन्छन्,
हृदयका रोग यी नै हुन् : चोरी, हत्या, व्यभिचार,
कुदृष्टि, निन्दा, दुष्टता, लोभ, डाहा, कुविचार ।
Verse
यस्ता घिनलाग्दा पाप दिई स्वर्ग पस्न सक्तैन,
दान, पुण्य, प्रार्थना गरेर शुद्ध हुन सक्नेछैन,
येशूले आफ्नो प्राण दिए पापीहरू बचाउन,
क्रूसैमा रगत बगाए घिनलाग्दा पापलाई धुन ।
Verse
जीवन मानिसको के छ र पलकमा प्राण निस्कन्छ,
कुटुम्ब, धन-सम्पत्ति छोड़ी नरकमा पर्न जान्छन्,
किन नरकमा पर्दछौ ? ख्रीष्ट तयार छन् बचाउन,
पाप-मार्गदेखि फर्क, आऊ विश्वास गरी मुक्ति लेऊ ।