KB · Hymns · #390
आवाज दिई निरवतामा मलाई बोलाउने को हो
C3/4
Chorus
आवाज दिई निरवतामा मलाई बोलाउने को हो ?
हर घड़ी, हर क्षण बोलाइरहने मेरो प्यारो प्रभु हो (२)
Verse
थाहा तपाई पापको भारी लिई हिँड़िरहन्छु म
अँध्यारो पथमा ठोकर खाँदा प्रभुलाई सम्झन्छु म
दुइ दिनको चोला पलभर होला, यसलाई सम्हाल्ने को हो ?
पुकार सुनी दुइ हात दिने मेरो प्यारो प्रभु हो
Verse
आशा-निराशाको कालो बादल आई मलाई घेर्दैछ
पथ-भ्रान्त पथिकझैँ डुलिरहँदा यो जीवन जानेछ
जीवन मै हुँ भनेर मलाई बाटो देखाउने को हो ?
अनन्तको त्यो रमाहटमा लाने मेरो प्यारो प्रभु हो
Verse
नरकलोक आई परलोकमा भूली भट्किरहेको छु म
व्यथा पोख्न नपाई अल्झिरहेको छु म
जीवन ज्योति निभ्ने हो कहिले यसलाई सम्हाल्ने को हो ?
अमर जीवन सित्तैमा दिने मेरो प्यारो प्रभु हो