प्रभु येशू ख्रीष्टको शीतल रगत
F4/4
Chorus
प्रभु येशू ख्रीष्टको शीतल रगत मुटुमा सुरुरु (२)
उहाँको माया नबिर्स बैनी, (मन रुन्छ धुरुरु)
Verse
म, तिमी, हामी सबैको लागि आफ्नो पुत्र दिएको (२)
त्यागेको प्राण सम्झना राखौँ, रगतले लेखेको ।
Verse
रगतको धारो आलो छ बैनी, गलगथा पहाड़मा (२)
तिम्रो र मेरो निम्तिमा गुथेँ काँड़ा त्यो शिरमा ।
Verse
बोकेका थिए दरनीय क्रूस, मनमा गुनन (२)
हृदयमा अङ्कित प्रभुको देन, तिमीले सम्झन ।
Verse
नभुलौँ बैनी, कष्टको घुटको, येशूले पिएको (२)
सबैमा थियो उद्धार उनको प्राणदान दिएमा ।
Verse
प्रभुका गुण नम्र र दीन, मुटुमा गाँसौन (२)
ज्योतिका सन्तान बनेर फिरौँ बोकेर बासना ।