KB · Hymns · #277
येशू मरे मेरोलागि
F3/4
Verse
येशू मरे मेरोलागि, उनको गर्छु जयजयकार
स्वर्गलोकको दुःखलाई त्यागी क्रूसमा बोके पापको भार ।
Chorus
येशू मरे मेरोलागि, म सुनाउँछु समाचार
अहिले अनि स्वर्ग पुनी गाउँछु ख्रीष्टको जयजयकार
Verse
मैले डाँड़ामा भिरालो भेड़ाझैँ बाटो भुलेँ
ख्रीष्टले भेट्टाई मारे अङ्गालो मलाई प्रेमसाथ घर ल्याए ।
Verse
म ठेस खाई भएँ झलस्स, निको पारे चोट उनले
अन्धो थिएँ त्रासले ग्रस्त, येशूले उद्धार गरे ।
Verse
मृत्यु नदी पुगीकन मलाई तार्नेछन् येशू
स्वर्गमा पसी प्रिय जन फेरि भेट्न पाउनेछु ।