KB · Hymns · #196
हे पुत्र मेरो कहाँ छौ तिमी
C3/4
Verse
हे पुत्र मेरो कहाँ छौ तिमी, पर्खिरहेछु म
खोज्दै र हिँड़्दै बाटो तिम्रो अति उत्सुक भएर
फर्केर आऊ म भए ठाउँ भेट्नेछु तिमीलाई
फर्केर आऊ म भए ठाउँ, स्थान हो त्यो कलवरी ।
Verse
माता-पिता छन् र धेरै साथी प्यार पाउँछौँ तिमीले
तर सुन ती सबै एक दिन छोड़ेर जानुपर्छ
मेरोमा आऊ, तयार छु म हुनलाई तिम्रै मीत
आजभोलि सदासर्वदा रहनेछु तिम्रै मीत ।
Verse
थकित छ होला दुःखित तिम्रो मन चिन्ताले संसारको
भविष्यको डर मनमा राखी जाँदैछौ झन् टाढ़ो
वस्त्र, भोजन, धन, सम्पत्ति मसित छन् प्रचुर
अनन्त शान्तिले पारी भरपूर गर्नेछु सब दोष दूर ।
Verse
हे पुत्र, मेरो भन कहाँ छौ अँध्यारो हुँदैछ
छिट्टै नै आऊ बेला रहँदै बन्द हुनेछ द्वार
सुन मेरो यो निम्तोलाई नगर अरू बेर
फर्केर आऊ तिम्रो घरमा नत्र होला अबेर ।