KB · Hymns · #198
सुनेर मनमा गुनन
G6/8
Chorus
सुनेर मनमा गुनन, येशूमा विश्वास गरन (२)
Verse
कुन नाम छ साँचो स्वर्गको मुनि मानिसलाई बचाउने (२)
नगरौँ हामी पापैको कर्म नरकमा लैजाने,
सुन भाइ हो, नरकमा लैजाने ।
Verse
पृथ्वी टल्छ, स्वर्गलोक टल्छ, टल्दैन त्यो वचन (२)
ईश्वरको वचन मानिसको लागि बचाउन अमोल प्राण ।
Verse
जीवनको ढोका खोल्दिन्छन् येशू विश्वासीहरूलाई (२)
ईश्वरको राज्यमा आत्मामा सधैँ येशूसँग बस्नलाई ।
Verse
येशूको हातमा न्याय छ हाम्रो ईश्वरले दिएका (२)
बचाएको मानिस छोड़्दैनन् उनले क्रूसैमा किनेको ।
Verse
विश्वास छ हाम्रो ख्रीष्ट येशूमाथि अघि नै बढ़्दछौँ (२
विश्वास गर्छौं स्वर्गको लागि ठाउँ तयार गर्दछन् ।