KB · Hymns · #33
गोठालहरू भेड़ालाई रातमा कुर्दै थिए
D4/4Translated
Verse
गोठालहरू भेड़ालाई रातमा कुर्दै थिए
तब स्वर्गदेखि दूत ओर्ली महिमासाथ आए ।
Verse
लौ नडराऊ दूतले भने म प्रचार गर्नलाई
आएको छु, सब मान्छेलाई सुसमाचार दिनलाई ।
Verse
तिम्रो लागि छ, जन्मेका दाऊद राजा कुलदेखि
त्राणकर्ता प्रभु आजको दिन देख्न पाउँछौ तिमी ।
Verse
एक बालक तिमी देख्नेछौ दाऊदको शहरमा
लुगामा बेह्री राखेको र पस्रेको डुँड़मा ।
Verse
जब यति कुरा भनेथे, अचानक आएथे
सारा स्वर्गदूतगण जो यो गीत आनन्दसाथ गाए ।
Verse
गुणानुवाद होस् ईश्वरको र जगमा होस् शान्ति
होस् खुशी मान्छेमा अहिले अनि सदाभरि ।