KB · Hymns · #706
धन्य धन्य धन्य प्रभु मेरो राजा
Chorus
धन्य ! धन्य ! धन्य !, प्रभु मेरो राजा येशू !
आदर, स्तुति, महिमा गर्छु, तिम्रै स्तुति गाउँछु ।
Verse
हजुरको कोमल चरणमा, मरियमझैँ झुक्छु
सुनेर मधुर वाणीले सामर्थी म बन्छु ।
Verse
बाँचुन्जेल हजुरको मन्दिर मण्डली निर्माण गर्छु
डाँड़ा-काँड़ा, पखेरोमा ख्रीष्टको वचन छर्छु, तिम्रै गीत म गाउँछु ।