KB · Hymns · #358
हेरन रक्ताम्मे कलवरीमा
G3/4
Chorus
हेरन रक्ताम्मे कलवरीमा प्रेमको प्रतीक क्रूस खड़ा त्यहाँ,
टाँगिएका त्यसमा प्रभुजी छन्, दिन तिमीलाई उद्धार महान् (२)
Verse
बाँच्छन् मानिस बेहोससरि मानौँ कहिल्यै मर्दैनन् ती
मित्र निश्चय मर्छौ, तिमी, जिउँछौँ तब कहाँ युग-युगभरि ?
Verse
बाँच्नलाई वस्तु चाहिए पनि छातीमा हाली लाँदैनौ ती
मृत्युपारि पनि जिउँछौँ तिमी, लान्छौँ कि केही त्यहाँ संगाली ?
Verse
प्रभु ख्रीष्ट बने गरीबै अति, त्यागे सबै थोक तिम्रैनिम्ति
प्रिय, तिमी ता जन हौ ख्रीष्टका, जिउँदछौ अब कसको निम्ति ?
Verse
देखी खूनै-खून क्रूसमा, ख्रीष्टलाई गर्ने कसरी उपेक्षा उनलाई
सट्टामा ख्रीष्टको उपार प्रेमको चढ़ाउँदैनौ के हृदय आफ्नो ?