KB · Hymns · #735
जीवनभरी प्रभु तिमीलाई आदर महिमा स्तुति भक्ति
Chorus
जीवनभरी प्रभु तिमीलाई आदर, महिमा, स्तुति, भक्ति
धन्यवाद दिँदै जयजयकार गर्दै, प्रशंसा गाउनेछु तिम्रो सधैं (२)
जीवनभरी प्रभु तिमीलाई... ।
Verse
मेरा उद्धारकर्ता प्रभु ! तिम्रो उद्धार महान्, जीवित सत्य परमेश्वर (२)
तिम्रो सामर्थ र तिम्रो महिमा (२) सदैव रहनेछन् । (२)
Verse
मेरा विश्वासयोग्य प्रभु ! तिम्रो विश्वासयोग्यता, युग-युगसम्म रहनेछ (२)
तिम्रा धार्मिकता र सत्यता (२) पहाडझैं अटल छन् । (२)
Verse
मेरो करुणामय प्रभु ! तिम्रा करुणा, भलाई मेरा निम्ति असल छन् (२)
तिम्रा सामर्थी पखेटा मुनि (२) म सुरक्षित हुन्छु । (२)
Verse
मेरा प्रशंसाका प्रभु ! तिम्रो स्तुति प्रशंसा, अनन्तसम्म रहनेछन् (२)
तिम्रो ज्योतिको प्रकाशमा (२) हल्लेलूयाह गाउनेछु । (२)