बिजयको गीत
Verse
बिजयको गीत गाउन मन लाग्यो
लडाईको हल्ला सुन्दा पनि
शान्त भई बस्न मन लाग्यो
आधीहुरी बतासमा पनि
कारण तपाईको आनन्द मेरो बल हो म कम्जोर हुंदा
कारण तपाईको बचन मेरो ज्योती हो अन्धकारमा
जीउनेछु म येशूलाई हेरेर
Chorus
हालेलुयाह हालेलुयाह हालेलुयाह महिमा येशूलाई
हालेलुयाह हालेलुयाह हालेलुयाह महिमा प्रभुलाई
Bridge
पर्खालहरू ढल्दैछ बन्धनहरू फुकांईदैछ
शाङ्लाहरू तोडीदैछ जुवाहरू भांचीदैछ
बिजय हाम्रो निश्चित छ स्वतन्त्रता आएको छ
विश्वास गरी बढौं अघी येशूको नाँउमा
Verse
बिजयको गीत गाउन मन लाग्यो
लडाईको हल्ला सुन्दा पनि
शान्त भई बस्न मन लाग्यो
आधीहुरी बतासमा पनि
कारण तपाईको वचन भोजन हो जीवन दिने
जिउने छु म तपाईको वचनले
हालेलुयाह हालेलुयाह हालेलुयाह महिमा येशूलाई
हालेलुयाह हालेलुयाह हालेलुयाह महिमा प्रभुलाई

NepaliHymns