KB · Hymns · #421
हृदयमा ख्रीष्ट बसाऔँ
D72/2
Chorus
हृदयमा ख्रीष्ट बसाऔँ, जीवन उनलाई चढ़ाऔँ
जीवन रोशनी प्रभुको लिई जीवनको दीप जलाऊँ (२)
Verse
प्रभु हाम्रो जीवनाधार, करुणा जसको अपार (२)
स्वर्गको वैभव त्यागेर... हा... आउनुभो’ जगमा (२)
Verse
प्रभु ख्रीष्टको आदेश लिई जीवन शुद्ध बिताऔँ (२)
उनको महिमा फिजाऔँ... हा... सारा संसारमा (२)
Verse
सुसमाचार हामी प्रचारौँ, प्रभुको राज्य बढ़ाऔँ (२)
सनातनी राजा येशूलाई... हा... महिमित गराऔँ (२)