प्रभुको दर्शन, येशूको दर्शन
E2/4
Chorus
प्रभुको दर्शन, येशूको दर्शन पाएर भाई लाग सेवामा (२)
Verse
नेपाल देशले डाकिरहेछ, आऊ बचाऊ हामीलाई (२)
आत्मा मर्दैछन् (२), हेर हजारौँ पापको सागरमा ।
Verse
क्रूसमा आफ्नो प्राण प्रभुले जगत्को लागि दिए (२)
प्रेमलाई हेर (२), नेपालको लागि उनको हृदयमा ।
Verse
निद्रा त्यागी जाग उठ, हे नव-जवान हो (२)
अहिले नै गर (२), प्रभुको सेवा रहल जीवनमा ।
Verse
अन्धकार छायो चारै दिशामा, रात आइपुग्यो (२)
जे गर्नुपर्छ (२), अहिले नै गर दिनको ज्योतिमा ।
Verse
येशूको लागि आत्मा बचाउनु तिमी छिट्टै आऊ (२)
अन्न छ पाकेको (२), सब जम्मा गर येशूको भण्डारमा ।