KB · Hymns · #444
सब थोक राम्रा र उज्जर
C4/4
Chorus
सब थोक राम्रा र उज्जर, सब जीव साना-ठूला
ज्ञानी र उदेकका सब ईश्वरले बनाएका
Verse
सब फूल राम्रा जो फुल्छन्, गाउँछन् सबै चरा
रङ्ग तिनका चम्किला छन्, बनाए पखेटा ।
Verse
हिउँदको चिसो हावा, गर्मीको राम्रो घाम
पाकेको फल बगानमा उनैको सबै काम ।
Verse
हिउँका अग्ला पहाड़, सब छेउका जंगल नदी
सूर्यास्त र सुन्दर बिहान रङ्गीन आकाश पनि ।
Verse
हेर्न दिए आँखा जो, ओठ दिए बोल्नलाई
अति महान् ईश्वर हुन्, बनाए सब राम्रै ।