KB · Hymns · #387
आज भोलि भरै भन्दै जीवन यहाँ अस्ताउँछ
A3/4
Chorus
आज भोलि भरै भन्दै जीवन यहाँ अस्ताउँछ
ख्रीष्टलाई माया गर्ने मान्छे मृत्यु पारी उदाउँछ
Verse
मेरो हृदयको मूर्तिहरूलाई ख्रीष्ट हटाइ बक्सियोस्
ख्रीष्ट मेरो राजा मालिक यहाँ राज गरिबक्सियोस्,
विगत दिनहरू व्यर्थै गुमाएँ वर्तमान चड़ाउँछु
येशूको प्रेमको कहानी सबलाई गीतबाट सुनाउँछु
Verse
विश्वमा सधैँ म बस्ने होइन बटुवा मात्र हुँ
यो बाटो फेरि म हिँड्ने छैन एक तीर्थयात्री हुँ
विजयी ख्रीष्टको शक्तिले सबै कर्तव्य सुल्झाउँछु
सम्पूर्ण कार्य शेष भएपछि म स्वदेश फिर्नेछु