प्रेमले गर्दा कलवरीमा
E3/4
Chorus
प्रेमले गर्दा कलवरीमा दुई चोरको मध्यमा
मेरा निम्ति प्राण दिए बहाई रगत क्रूर क्रूसमा ।
Verse
सुनको जोडले पैसा पोखी भएन मुक्ति मेरो
मुक्ति मेरो स्वर्गीय पाठो ख्रीष्टको रगतद्वारा भो ।
Verse
पापको मैला काला दागलाई धुँदैन चीजले कुनै,
केवल रगतले धुन्छ सबलाई पार्दछ सेतो हिउँ झैं ।
Verse
हिऊँझैं वस्त्र पहिरेका सन्तगण स्वर्गमा छन्
बलि हुने प्रेमी ख्रीष्टलाई युग-युग स्तुति गर्छन् ।
Verse
उनी आफै पाप बने, पापबाट छुटाउनलाई,
मृत्यु जिती बौरी उठे, बिजयी बनाउनलाई ॥