KB · Hymns · #593
सुनसान रातलाई जगाउँदै
Chorus
सुनसान रातलाई जगाउँदै आयौँ हामी यो रात
कोसेली एउटा बोकेर, आनन्दको सन्देश छ सबलाई ।
Verse
ताराले आकाश छाएछ, जुन पनि मुसुक्क हाँसेछ
एकलौटे पुत्र जो येशू संसारमा आउनुभएछ ।
Verse
स्वर्गको ढोका खोलिएछ पिताले दान दिएर
एकलौटे पुत्र जो येशू संसारमा आउनुभएछ ।