KB · Hymns · #315
निराशाको आँधीमा जब डुब्छु
D4/4
Chorus
निराशाको आँधीमा जब डुब्छु,
लङ्गर बनी साथ देऊ, प्रभु,
अनुग्रहमा मलाई हिँड़ाऊ,
अनुग्रहमा मलाई डोर्याऊ
Verse
उर्लदौ आँधीले सामना गर्दा त्रासित
चेला सब हताश भए (२)
अनुग्रहमा बाँचेको चेला हुँ हताश
होऊँला सम्हालिदेऊ, प्रभु ।
Verse
विश्वासको आधारमा बाँचेको छु,
विश्वासको लड़ाइँ लड़्न सिकाऊ (२)
विश्वासलाई सिद्ध बनाउने प्रभु,
मेरो विश्वासलाई सिद्ध बनाऊ ।
Verse
परदेशी छु म यस संसारमा,
सहारा मेरो यहाँ कोही छैन (२)
तिमी नै मेरो सहारा बनी
डोर्याइदेऊ दिन-दिन आत्मिक पथमा
Verse
बाँचिरहेछु म अन्तिम दिनमा,
साथ देऊ मलाई पल-पलमा (२)
साथ तिम्रो पाए यस यात्रामा
निश्चय दौड़ पूरा गर्नेछु म ।