KB · Hymns · #466
अब अर्को वर्ष बितेछ हे मेरो मन चेत गर
G3/4
Verse
अब अर्को वर्ष बितेछ, हे मेरो मन, चेत गर
ईश्वरले रक्षा गरेछन् प्रभुको धन्यवाद गर
Verse
यस वर्ष कति थिए बिमार र कति मरेछन्
शैतानदेखि कति डराई दुष्ट आत्मा पुजेछन्
Verse
मलाई त जुर्यो आत्मिक ज्ञान, शरीरको सुख र आढ़
धेर रोटी, वस्त्र, मीत, ठेगान ठीक खाँचो नै अनुसार
Verse
यस वर्ष का सब पाप अपराध हे ईश्वर माफ गर्नोस्
ठीक धर्म गर्नुछ, असाध्य अनुग्रह दान दिनोस्